Saturday, February 24, 2018

DO NOT BUY SECOND HANDED LAPTOP

म स्नातक तहमा अध्ययनरत छु। ३ महिनाअघि मैले एउटा साथीको सेकेण्ड ह्याण्ड ल्यापटप किनेको थिएँ।
करिब ७० हजार बजार मूल्य भएको सो ल्यापटप मैले ४० हजारमा खरिद गरेको थिएँ।
७० हजार खर्च हुने ठाउँमा ४० हजारमै उही फिचर्स भएको ल्यापटप पाएँ भनेर त्यो बेला खुसी भएँ। अहिले भने यसले मेरो टाउको दुखाएको छ।
त्यति बेला ल्यापटप राम्रो कन्डिसनमा थियो। तर अहिले भने साह्रै सुस्त भएको छ। एक चोटी फूल चार्ज गर्दा त्यसको ब्याट्री आधा घण्टा भन्दा बढी टिक्दैन भने तातिने समस्या पनि छ।
एक जनाले चलाउँदा ल्यापटप एक हाते हुन्छ। पहिलो खरिदकर्ताले आफ्नो प्रयोजन अनुसारको सिपियु प्रोसेसर, स्टोरेज क्षमता, विन्डोज हेरेर किनेको हुन्छ।
तर दोश्रो व्यक्तिले पुरानो ल्यापटप किन्दा ती चिजमा आफ्नो प्राथमिकता अनुसार छानेर लिन पाउँदैन।  त्यसैले आफ्नो बजेट अनुसार बरु मध्यम मूल्यकै भएपनि नयाँ नै किन्न उपयुक्त हुने मैले अनुभव गरेँ।