Sunday, February 25, 2018

north Korea and south Korea agreement

उत्तर कोरिया अमेरिकासँग वार्ता गर्न इच्छुक रहेको दक्षिण कोरियाले जनाएको छ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जे-इनलाई उत्तर कोरियाली जनरल किम यङ चोलले भेटेपछि त्यस्तो भनाइ आएको हो।
शीतकालीन ओलिम्पिक्स्को समापन समारोहअघि उक्त भेट भएको थियो।

प्रतिक्रिया

पछिल्लो अभिव्यक्ति दिएको राष्ट्रपति मुनको कार्यालयले भनेको , "अन्तर कोरियाली वार्ता उत्तर कोरिया-अमेरिका सम्बन्ध दुवैमा साथसाथै प्रगति हुनुपर्नेमा उत्तर कोरिया सहमत "
प्योङयाङले भने कुनै प्रतिक्रिया दिएको छैन।
तर उसले शर्तविना वार्ता गर्न तयार रहेको बारम्बार बताउँदै आएको छ।
उद्घाटन समारोह ताका उपराष्ट्रपति माइक पेन्ससँग तय भएको भेटवार्ताबाट उत्तर कोरियाले हात झिकेको अमेरिकाले बताएको छ।
सन् १९५० देखि ५३ सम्म भएको युद्धपश्चात कोरियाली प्रायद्वीप विभाजित दुवै पक्षले कहिल्यै शान्ति सम्झौता गरेका छैनन्।
दुई कोरियाबीचको मेलमिलापको प्रयासलाई दक्षिण कोरिया अमेरिकाबीच दरार पैदा गर्ने उत्तर कोरियाली कदमका रुपमा हेरिने गरेको छ।