Saturday, February 24, 2018

four earphone changed in 6 month

मोबाइल किन्दा सँगै आएको इयरफोन ६ महिना नबित्दै बिग्रियो। आफूलाई गीत सुन्ने बानी भएकाले नसुनी बस्नै सक्दिनँ। त्यसैले बजारबाट नयाँ इयरफोन किनेर ल्याएँ।

त्यो पनि ३ महिनाभन्दा बढी चलेन। इयरफोन बारम्बार बिग्रेपछि एक वर्षमै ४ वटा किनेँ। ६ सय रुपैयाँ पर्ने सामान्य भन्दा अलिक राम्रो इयरफोनमा बारम्बार किन्दा २४०० रुपैयाँ खर्च गरेँ।

वायर इयरफोन बिग्रिने कारणले मैले बजारबाट १२०० रुपैयाँको ब्लुटुथ इयरफोन किनेर ल्याएँ। यो इयरफोन किनेको ५ महिना भन्दा बढी भयो अहिले सम्म चलिरहेको छ।

एक पटक ब्याट्री फुल चार्ज गरेपछि दिनभर चल्छ र गीत, भिडियो चलाउँदा वायर भन्दा ब्लुटुथको साउण्ड क्वालिटी राम्रो लाग्छ।

ज्याक बिग्रेर इयरफोनको आवाज काटिने, खल्तिमा राख्दा ज्याकनेरको तार टुट्ने र ज्याक बिग्रने, एउटा कानपट्टि आवाज आउने अर्को तिर नआउने समस्याबाट मलाई छुटकारा मिलेको छ। इयरफोन बिग्रेर हैरान भएको जो कसैलाई म ब्लुटुथ इयरफोन किन्ने सल्लाह दिन्छु।